|

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्व चयन भएको छ।

शनिवार अधिवेशन सम्पन्न अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ।

भक्तपुर क्षेत्र नम्बर १ ‘क’को सभापतिमा शिव अवाल विजयी भएका छन्। उनको प्यानल विजयी भएको छ। उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ, सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन्।

त्यस्तै‚ भक्तपुर क्षेत्र नमब्र १ ‘ख’को सभापतिमा जयन्द्र खड्का विजयी भएका छन्। उपसभापतिमा रमेश केसी(लामिछाने) र दिनेश अवाल‚ सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजीव पुरी र सरिता थापा विजयी भएका छन्।

यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ ‘क’को सभापतिमा प्रदीप कार्की निर्वाचित भएका छन्। उपसभापतिमा शशिकुमार न्यौपाने र भगवान खत्री‚ सचिवमा राजाराम थापा र सुशीला ढुंगेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर २ ‘ख’को सभापतिमा ओम प्रकाश श्रेष्ठसहित प्यानल विजयी भएका छन्। उपसभापतिमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर‚ सचिवमा प्रेमबहादुर कुटु र बालकृष्ण श्रेष्ठ, सहचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.