|

विराटनगर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रमा कोइराला–पौडेल समूह बलियो देखिएको छ।

निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापन समूहले १२ प्रदेश निर्वाचन क्षेत्रमध्ये २ क्षेत्रमा मात्रै सभापतिमा जित हासिल गरेका छन्।

चार वटामा सर्वसम्मत सभापति चयन भएका छन्। थप ८ वटामा शनिबार निर्वाचन गरी सभापति चयन भएका हन्।  

को–को भए निर्वाचित ?

आइतबार बिहान प्राप्त भएको मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन्।

सभापति पदका लागि उम्मेद्‌वार मनोनयन गरेकामध्ये राजकुमार तामाङ र खगेन्द्र भण्डारीले उम्मेद्‌वारी फिर्ता लिएपछि लामा सर्वसम्मत भएका हुन्।

निर्वाचन क्षेत्र २ ‘क’ मा कन्हैयालाल राजवंशी र ‘ख’ मा देवेन्द्र बस्नेत विजयी भएका छन्।

कन्हैयालाल सर्वसम्मत चयन भएका हुन्।

निर्वाचन क्षेत्र ३ ‘क’ मा गंगा याक्खा र ‘ख’ मा जगतलाल चौधरी, क्षेत्र ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुबोध निरौला निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र ५ ‘क’ मा अचानु खाँ गन्गाई र ‘ख’ मा जितु साह विजयी भएका छन्। उनीहरु दुवै सर्वसम्मत चयन भएका हुन्।

कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित गन्गाई र साह देउवा पक्षका उम्मेद्‌वार हुन्।

मोरङको निर्वाचन क्षेत्र ६ ‘क’ दिपक भगत र ‘ख’ मा मधुबाबु तिवारी विजयी भएका छन्।

मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३ हजार ५ सय ५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए।

प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए।

मोरङको क्षेत्र १ ‘क’ मा २ सय ८३ र ‘ख’ मा ३ सय ७६, २ ‘क’ मा २ सय ९८ र ‘ख’ मा ३ सय ८४, ३ ‘क’ मा २ सय ५९ र ‘ख’ मा २ सय ६० जना मतदाता थिए।

यसैगरी, क्षेत्र ४ ‘क’ मा ३ सय ५२ र ‘ख’ मा ३ सय ३८, ५ ‘क’ मा २ सय ४६ र ‘ख’ मा १ सय ९७, निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ ३ सय ४ र ‘ख’ मा २ सय ५४ जना मतदाता थिए।

मोरङको निर्वाचनमा केन्द्रीय नेताहरू महेश आचार्य, डा. शेखर कोइराला, मीनेन्द्र रिजाल र अमृत अर्यालको खास भूमिका रह्यो।

केन्द्रीय नेताहरूले आफू पक्षधर सभापति तथा प्रतिनिधि चयन गराउन पहल र प्रयास गरेका हुन्।

कतिपय क्षेत्रमा मोरङ कांग्रेस सचिव नागेश कोइराला र कांग्रेस संसदीय दल प्रदेश १ का प्रमुख सचेतक तथा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की पक्षधर उमेदवारबीच पनि प्रतिस्पर्धा देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.