|

काठमाडौं : साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ। कारोबारको सुरुवातसँगै घटेको शेयर बजार कारोबारको अन्तिम समयमा आएर ११ दशमलव ६० अंकले गिरावट आएको छ। नेप्से परिसूचक ११दशमलव६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ अंकमा झरेको छ।

गत साताको अन्तिम कारोबारको दिन बिहीबार ३२ दशमलव ३९ अंकले गिरावट आएर २ हजार ७६९ दशमलव १३ अंकमा सीमित भएको थियो। ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ३दशमलव ७५ प्रतिशत घटेर ५१८ दशमलव२५ अंक भएको छ।

त्यस्तै फ्लोट इण्डेक्स ०दशमलव६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०दशमलव७९ अंकले घटेका छ।  आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ।

जसमा ७० कम्पनीको शेयर मूल्य बढेको छ। १४१ कम्पनीको मूल्य गिरावट आइएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। नेप्से १३ उपसमूहमध्ये दुई उपसमूहबाहेक अन्य सबै राताम्मे भएको छ। जसमा बैंकिङ समूहको ५ दशमलव १ अंक, विकास बैंक ६ दशमलव ८९, वित्त कम्पनी १९दशमलव २३, निर्जीवन बीमा ६४ दशमलव १६ , माइक्रोफाइनान्स १७दशमलव४३, जीवन बीमा समूहको उपसूचक १४०दशमलव५ अंकले घटेको छ। तर, जलविद्युत् १३ दशमलव २१ ,उत्पादन तथा प्रशोधन ९६दशमलव१४ अंकले बढेको छ।

आज सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै,नारायणी विकास बैंक,कपोरेट विकास बैंक,हिमाल दोलखा हाइड्रो पावर, समृद्धि फाइनान्सको शेयर मूल्य बढेको छ।

त्यस्तै सबैभन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, प्रिमियम इन्स्योरेन्स, आइसिएफसी फाइनान्स र नेशलन माइक्रोफाइनान्स कम्पनी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.