|
फाइल तस्वीर

काठमाडौं : पतञ्जलि योगपीठ नेपालले पतञ्जली र आस्था टेलिभिजन च्यानल प्रशारणमा आइनसकेको स्पष्ट पारेको छ।

योगपीठले प्रशारण अनुमति नै नलिइ टेलिभिजन च्यानलको उद्‌घाटन गरेको भन्दै शनिबार सञ्चारमाध्यममा व्यापक आलोचना भएको थियो।

आलोचनापछि पतञ्जलि योगपीठले एक विज्ञप्ति जारी गर्दै टेलिभिजन प्रशारणको अनुमति लिने प्रक्रियामा रहेको जनाएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थितिमा शुक्रबार दुई टेलिभिजन च्यानल पतञ्जली नेपाल र आस्था नेपालको उद्घाटन गरेका थिए।

पतञ्जलिका ‍आइटी इन्चार्ज सन्दीप वाल्मिकीले जारी गरेको विज्ञप्तिमा टेलिभिजन प्रशारणका लागि गएको असोज ८ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणीकरण लिएर प्रशारणको अनुमति लिने प्रक्रियामा रहेको उल्लेख गरिएको छ।

तत्कालका लागि योगगुरु रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा शुभसाइतका लागि टेलिभिजनको कार्यालय भवनको मात्र उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।’

नियमानुसार अनुमति पाएपछि मात्र नेपालका नीति, नियम र कानुनमातहत रहेर टेलिभिजन प्रशारणमा आउने पतञ्जलि योगपीठले विज्ञप्तिमा उल्लेख गरेको छ।

पतञ्जलि योगपीठ सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै केही मिडियाले तथ्य नबुझी भ्रामक समाचार दिएको जनाएको छ।

यसबीच सूचना तथा प्रसारण विभागका अनुसार विभागकै एक निर्देशकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको र समितिले यसबारे स्थलगत अध्ययन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.