|

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटीइभिटीका सदस्य सचिव जीवनारायण काफ्ले लगायतलाई आइतबार मन्त्रालयमा बोलाएर तत्काल नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन्।

शिक्षामन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन पाउने निर्णय कात्तिक १७ गते गरेका थिए।

भर्ना प्रक्रिया शुरु गर्न निर्णय गरे पनि सिटीइभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन दिएका हुन्।

‘चिकित्सा शिक्षा र सिटीइभीटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु’, मन्त्रीले भने।

सिटीइभीटी तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पठनपाठन गराउन मापदण्ड पूरा गरेका छन्। ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज छन्।

परिषद्का सदस्य सचिव काफ्लेले मंगलबारसम्म सूचना प्रकाशन हुने जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.