|
बैतडीको दशरथचन्द नगरपालिका-४ को कलुवाडमोडमा दुर्घटनाग्रस्त जिप। तस्वीर : विनोदसिंह विष्ट

बैतडी : बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

देहिमाडौंबाट जन्ती बोकेर सीमायलतर्फ गइरहेको म १ ज ३१० नम्बरको जिप राति करिब साढे ८ बजे दशरथचन्द नगरपालिका-४ को कलुवाडमोडमा दुर्घटनामा परेको हो।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए।

उनले भने, ‘कम्तीमा ४ जनाको मृत्यु भएको छ, थपिन पनि सक्छ, अहिले उद्धारमै छौं।’

दुर्घटनामा ३ जना सिकिस्त छन्।

मृतक र घाइतेको परिचय खुलेको छैन। मृतकका शव र घाइतेलाई जिल्ला अस्पताल लगिएको छ।

जिप सडकबाट करिब ७ सय मिटर तल खसेको उद्धारका लागि घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न सकेको छैन भने विस्तृत विवरण पनि आउन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.