|

सर्लाही : पर्सा गाउँपालिका-५ स्थित पर्सागाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले सामान्य अवस्थाका सुत्केरीलाई अब गाउँकै बर्थिङ सेन्टरमा सुत्केरी गराउन सक्नेगरी स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था मिलाइएको बताए। उनका अनुसार बर्थिङ सेन्टरमा तत्कालका लागि करारमा चार जना अनमी नियुक्त गरिएको छ।

नेपाल सरकारले गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै आइरहे पनि यस गाउँपालिकामा भने अझै पनि अधिकांश महिलालाई घरमै सुत्केरी गराउने प्रचलन रहेको स्वास्थ्य शाखाका संयोजक महतोले बताए। गाउँपालिकाभित्रै बर्थिङ सेन्टर सञ्चालन भएपछि घरमै सुत्केरी गराउने चलन कम हुने अपेक्षा गरिएको छ। गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले संघीय सरकारको बजेटबाट भवन निर्माण गरी बर्थिङ सेन्टर स्थापना गरिएको जानकारी दिए।

यसअघि त्यहाँका गर्भवतीहरूलाई छिमेकी हरिपूर्वा नगरपालिकाको धनकौल बर्थिङ सेन्टर वा सदरमुकाम मलंगवाका अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.