|

झापा : मेचीनगर नगरपालिका-६ मा अटोरिक्साले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

आइतबार बेलुका पूर्वतर्फ जाँदै गरेको मे १ ह ६४५० नम्बरको अटोरिक्साले मेचीनगर-६ फाइरिङ चोकका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते अधिकारीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने अटो र चालक मेचीनगर-६ नकलबन्दाका ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.