|

झापा  : जिल्लामा पछिल्लो समय जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ पर्ने क्रम बढेको छ। शनिबार मात्र तास खेलिरहेका अवस्थामा  दमक नगरपालिकाको रातो भाले सेकुवा कर्नरबाट ६ जनालाई प्रहरीले दुई लाख नगदसहित नियन्त्रणमा लिएको थियो।

त्यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका २ बस्ने मोहनकुमार तामाङको घरमा तास खेलिरहेका अवस्थामा आइतबार साँझ फेरि ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा घरधनी तामाङ, सोही स्थानका ३८ वर्षीय पूर्णप्रसाद सिवाकोटी, ३० वर्षीय विनोद श्रेष्ठ, ३७ वर्षीय दिलबहादुर श्रेष्ठ, सोही नगरपालिका ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गाबहादुर राई छन्।

उनीहरूलाई आइतबार बेलुका पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी टोलीले उनीहरूको साथबाट तीन बुक तास र नगद एक लाख २० हजार ५०० बरामद गरेको  जनाएको छ।

पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.