|

काठमाडाैं : जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। 

पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक पटक आफूहरुले सफाइको लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरूसँग अभद्र व्यवहार गर्ने गरेको बताए।

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या समाधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.