|

काठमाडौंः यतिवेला २ नेपाली फिल्म 'यात्रा' र 'लम्फू' युट्युब ट्रेन्डिङमा छन्। 

सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको फिल्म 'यात्रा' ट्रेन्डिङ नम्बर एकमा छ भने भूपतिको लेखन तथा गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको 'लम्फू' नम्बर दुईमा छ। 

१० दिनअघि युट्युबमा सार्वजनिक भएको 'यात्रा'मा मलिका महत, सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राईलगायत कलाकार मुख्य भूमिकामा छन्।

उक्त फिल्मलाई युट्युबमा २८ लाखभन्दा बढी पटक हेरिएको छ भने ८० हजारभन्दा बढीले लाइक गरेका छन्। 

०७५ चैतमा प्रदर्शन भएको फिल्मले व्यावसायिक रूपमा ठूलो सफलता पाएको थिएन। तर, युट्युबमा भने फिल्मलाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्। 

त्यस्तै ०७५ वैशाखमा प्रदर्शन भएको फिल्म 'लम्फू' एक सातामा साढे ११ लाखभन्दा बढी पटक हेरिएको छ।

२३ हजारभन्दा बढीले लाइक गरेको फिल्ममा ५ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्। जसमध्ये अधिकांश सकारात्मक छन्।

'लम्फू'मा सलोन बस्नेत, कबिर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मालगायत कलाकारको मुख्य भूमिका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.