नेपाली कांग्रेसको १४ औं महाधिवेशन

|

कञ्चनपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित भएका छन्। २४४ मत ल्याई बोहरा ११ औं नम्बरमा परेका छन्।

पूर्व पार्टी सभापति बहादुरसिंह थापा ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। संविधानसभाका पूर्वसदस्य बलदेव बोहराले १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित भए।

दशजना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृत राजेन्द्रप्रसाद पाण्डेयका अनुसार महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा उद्धव बोहरा, चिन्तामणि भट्ट, टीका बैज, दलबहादुर बोहरा, दुर्गाप्रसाद भट्ट, पुष्करराज ओझा, बहादुरसिंह थापा, मीनबहादुर सिंह, लोकबहादुर देउवा र हेमराज ओझा छन्।

यसैगरी नेपाली कांग्रेस कञ्चनपुरका सचिव ईश्वरीप्रसाद जोशी महाधिवेशन प्रतिनिधिमा पराजित भए। नेका केन्द्रीय सदस्य रमेश लेखक निकटको प्यानल बनाउन महत्त्वपूर्ण भूमिकामा रहेका जोशी जिल्ला सचिवमा मनोनीत हुनुअघि उनका स्वकीय सचिव थिए। जोशीले १५० मत पाए भने १० नम्बरमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित वीरबहादुर सुनारले १७८ मत ल्याएका छन्।

निर्वाचन क्षेत्र  ३ बाट बेलबहादुर राना, यज्ञराज जोशी, प्रकाश थापा, दीपक सिंह, जंगबहादुर चन्द, खगेश्वर बोहरा, पदम बोगटी, आसिफ कुँवर, तारणीदत्त चटौत र वीरबहादुर सुनार खुलातर्फ महाधिवेशन प्रतिनिधिमा  निर्वाचित भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.