|

हलिउड अभिनेता टम हल्यान्डले सन् २०१० देखि 'एरिटी'बाट फिल्मी करिअरको सुरुवात गरे। त्यतिवेला उनी मात्र १४ वर्षका थिए। 

टोबियस मग्वाएरले 'स्पाइडरम्यान' को भूमिका निर्वाह गरेका फिल्म ('स्पाइडरम्यान', 'स्पाइडरम्यान २' र 'स्पाइडरम्यान ३') हेरेर हुर्किएका टमले पछि 'स्पाइडरम्यान : होम कमिङ' मा मुख्य भूमिका निर्वाह गर्ने अवसर पाए।

केवल २० वर्षको उमेरमा स्पाइडरम्यान बनेका टमलाई धेरैले मन पनि पराए।

के तपाईंलाई थाहा छ? संसारले 'सुपरहिरो' ठानेको टमलाई सानाे छँदा पढाइलेखाइमा समस्या हुन्थ्याे। 

सानै उमेरमा डिस्लेक्सिया नामको बिमारीबाट ग्रसित टमले पढाइमा कहिल्यै राम्रो गर्न सकेनन्। यो बिमार लागेका मान्छेलाई नयाँ शब्द र आवाज चिन्न, छुट्याउन समस्या हुन्छ।

डिस्लेक्सिया पूरै निको हुने कुनै औषधि हुँदैन तर परिवारको निगरानीमा यसलाई धेरै हदसम्म न्यून भने गर्न सकिन्छ।

टम उक्त बिमारीको सिकार भएको थाहा पाएपछि बाबुआमाले उनको स्याहारमा विशेष ध्यान दिन थाले। 

त्यसपछि पनि उनी अन्य सामान्य बच्चाहरू जस्तो लेखपढ त गर्न सकेनन् तर, उनमा धेरै सुधार भने आयो। केही असर भने अझै पनि बाँकी छ।

पढाइमा कमजोर भएपनि उनी नृत्यमा भने अब्बल थिए। माध्यमिक तहको पढाइ सकिएपछि उनी ब्रिटिश स्कुल फर परफर्मिङ आर्ट एन्ड टेक्नोलजीमा भर्ना भए।

त्यसपछि अभिनयमै करिअर बनाउन उनी फिल्म क्षेत्रमा प्रवेश गरे।

टमले अहिलेसम्म २ दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् भने 'स्पाइडरम्यान : नो वे-होम' उनको आउँदै गरेको फिल्म हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.