news

|

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।

अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्ला एवं अनुकूलन कोषको आर्थिक सहयोगले धारा जडान गरिएको हो।’

स्थानीय धनबहादुर रावतले खानेपानी आयोजना निर्माण गरेबापत (क) र (ख) वर्गका ९७ घरले प्रतिघरले ५७ हजार ६३२ रुपैयाँ पाएको बताए। आयोजना सम्पन्न गर्न ८४ लाख ८५ हजार ५१७ रुपैयाँ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ।

सुडीगाउँ अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। यहाँका बासिन्दाले दैनिक उपभोग्य वस्तु‚ विकास निर्माणका सामग्रीका साथै आफ्ना उत्पादन बोकेर वा खच्चरबाटै ओसारपसार गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.