पाल्पाबाट ५२ जनामध्ये ४९ जना पौडेल पक्षका निर्वाचित

|

पाल्पा : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि जिल्ला तहदेखि प्रतिनिधि छनोट चलिरहेको छ।

सोहीअन्तर्गत पाल्पामा पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्य चयन भएका छन्।

सहमति हुन नसकेपछि सोमबार मतदानबाट भएको चयन गरिएको हो। 

शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार प्यानल बनाइ निर्वाचनमा उत्रिएका थिए। मत परिणामका आधारमा पौडेल पक्ष हाबी भएको छ। 
कुल निर्वाचितमध्ये ३ जना मात्र देउवा पक्षका छन्, बाँकी सबै पौडेल पक्षका निर्वाचित भएका छन्। 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पाल्पाबाट ५२ जनामध्ये ४९ जना पौडेल पक्ष र ३ जना देउवा पक्षबाट निर्वाचित भएका छन्।

देउवा पक्षका कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। पाल्पामा पौडेल पक्षको नेतृत्व वीरबहादुर राना र हरिप्रसाद नेपालले देउवा पक्षको नेतृत्व गरेका थिए। 

क्षेत्रीय पदाधिकारी चयनमा पनि मतदान भएको छ। क्षेत्र १ को सभापतिमा झमन राजमगर ४ सय ८८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनी पौडेल पक्षका हुन्।

उनका विपक्षी उम्मेदवार देउवा पक्षका विष्णु बोमरेलले १ सय २ मत पाएका छन्।

क्षेत्र २ को सभापतिमा पौडेल पक्षकै मुक्तिराम जिसी निर्वाचित भए। उनले ४ सय ६० मत पाए। 

क्षेत्र १ को सचिवमा कपिल खाँण र मधु पराजुली, सह सचिवमा जंगबहादुर दर्लामी र दिपक अर्याल निर्विरोध भएका छन्। खुला सदस्यमा पौडेल पक्षका दलबहादुर थापा, माधव खड्का, मधुसुदन पोखरेल निर्वाचित भए।

महिला सदस्यमा पार्वती न्यौपाने, खुला जनजातिमा केशव ढेंगा, बमबहादुर सिंजाली, महिला जनजातिमा नरदेवी थापा, रुपकला राना, खस आर्यमा तिलक मल्ल, दलितमा क्षेत्रबहादुर नेपाली र समावेशीमा जुनु शेख निर्विरोध भए।

केन्द्रीय महाधिवेशन खुला प्रतिनिधिमा कृष्ण अधिकारी, खगेश्वर पाठक, दानबहादुर पछाई, रमणबहादुर थापा, सन्तोषकुमार थापा, शालिकराम पाण्डे, ज्ञानबहादुर गाहा, कल्प पौडेल, देवराज ढकाल, लक्ष्मण भट्टराई विजयी भए।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फ खिमबहादुर क्षेत्री, विजया भट्टराई, खुला महिलातर्फ गंगा पंगेनी, दुर्गादेवी भण्डारी, पवित्रा ढकाल, विष्णुमाया ढकाल, जनजाति महिलातर्फ ननिसरा गाहा, मुना थापा, सिमादेवी थापा, जनजाति पुरूषमा डिलबहादुर ढेंगा, पूर्णकुमारी सोती, विष्णुकुमार थापा, सन्दिप राना, दलिततफ अर्जुन विश्वकर्मा र समावेशीतर्फ हजिलदिन मिया निर्वाचित भएका छन्।

पाल्पा क्षेत्र २ मा पौडेल पक्षको प्यानलै निर्वाचित भएको छ। सचिवमा कृष्णबहादुर आले, टंकनाथ न्यौपाने, सहसचिवमा मनसिंह कुवँर, झपेन्द्र पचभैया, प्रत्यक्ष खुलातर्फ पाण्डव पौडेल, विष्णु गैरे, रकी कालिराज, प्रत्यक्ष महिलातर्फ भगवती घिमिरे, खसआर्यबाट सुरेश रायमाझी, खसआर्य महिलातर्फ लक्ष्मी पाण्डे, जनजाति खुलामा गंगा राना वगाले, पूर्णबहादुर श्रेष्ठ, जनजाति महिला सुनिता श्रेष्ठ, दलिततर्फ मोहन हेमचुरी, मधेशीतर्फ राजीवकुमार शाह निर्विरोध निर्वाचित भए।

केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुलाबाट वीरबहादुर राना, कृष्णप्रसाद बस्याल, झपेन्द्र गहिरे, हिमालदत्त श्रेष्ठ, यमलाल तिमिल्सिना,महेन्द्रप्रसाद पाण्डे, मेजरसिंह के.सी, रामेश्वर पंन्थी, विधानप्रसाद श्रेष्ठ, शंकर रायमाझी विजयी भए। 

सुनिता अधिकारी, धनकला गाहा, लालकुमारी राना, शान्ता वोहोरा प्रत्यक्ष महिलातर्फ केन्द्रीय प्रतिनिधिमा निर्वाचित भए। खसआर्य खुलातर्फ राम कार्की, शिवचन्द्र खनाल विजयी भए।

खसआर्य महिलातर्फ कान्ता अधिकारी, बसन्ती घिमिरे निर्विरोध निर्वाचित भए। यस्तै, आदिवासी जनजाति खुलामा पौडेल समूहबाट कृष्णबहादुर राना, नलबहादुर राना, राजेन्द्र गोपाल सिंह निर्वाचित भए।

आदिवासी जनजाति महिलातर्फ शान्ति झेंडी थापा र शोभा शाक्य निर्विरोध निर्वाचित भए। दलिततर्फ लक्ष्मण हिंताङ्ग, समावेशी अपाङ्गता, मुस्लिमतर्फ जमिला मिया विजयी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.