|

च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’को खेलमा वार्यन म्युनिखले विजयी यात्रा जारी राख्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ। मंगलबार राति वार्यनले डयनामो किभलाई २-१ ले पराजित गर्दै शतप्रतिशत नतिजा कायम राख्दा बार्सिलोना भने गोलरहित बराबरीमा रोकियो।

पाँच खेलबाट १५ अंक बनाएको वार्यनका लागि रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा लगातार नौ खेलमा गोल गरे। म्युनिखका लागि लेवान्डोस्कीले १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यस्तै‚  किंग्स कोमनले ४२ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए। किभका लागि भने ७० औं मिनेटमा डेनिस हारमासले गोल गरेका थिए।

नउक्याम्पमा भएको खेलमा बार्सिलोना भने अर्को खराब प्रदर्शनबाट गुज्रियो। जाभीको प्रशिक्षणमा रहेको बार्सिलोनाको नकआउटको यात्रा अब अन्तिम खेलमा धकेलिएको छ। बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा छ।

बेनिफिकालाई बराबरीमा रोक्दै बार्सिलोनाले नकआउट सम्भावना कायम राख्न भने सफल रह्यो। प्रशिक्षक जाभिको नेतृत्वमा घरेलु मैदानमा बार्सिलोना गतिलो प्रदर्शन गर्न असफल भयो। अब अन्तिम चरणको खेलमा बार्सिलोनाले बार्यनको सामना गर्नेछ। जहाँ बेनिफिकाले डयनामो किभको सामना गर्नेछ। बार्सिलोना पराजित भए र बेनिफिकाले जितेमा भने बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.