|

दैलेख : दैलेख क्षेत्र नम्बर १ नेपाली कांग्रेस सभापतिमा दशरथ खड्का विजयी भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्।

खड्काले ४७० मत र प्रतिद्वन्द्वी डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले ३१० मत प्राप्त गरेका छन्। मल्ल सभापति शेरबहादुर देउवा समूहका हुन्।

क्षेत्रीय समिति खड्का प्यानल नै विजयी भएका छन्। सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ‚ सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन्।

क्षेत्र नम्बर २ को सभापतिमा मातृका रिजाल र भरत रिजालबीच कडा प्रतिस्पर्धा देखिएको छ। यो समाचार तयार पार्दासम्म देउवा समूहका भरत रिजालले ३४० मत र पौडेल समूहका मातृका रिजालले ३१३ मत ल्याएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.