|

काठमाडौं : 'राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८' आयोजना हुने भएको छ। डिएआर मुभिजले यसै वर्ष चैतमा महोत्सव आयोजना गर्ने भएको हो।

महोत्सवमा विभिन्न जिल्लाका स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विविध कलाले समेत  स्थान पाउने बताइएको छ।

यसअघि डिएआर मुभिजकै आयोजनामा २०७६ सालमा 'राष्ट्रिय काठे लोकदोहोरी महोत्सव' आयोजना भएको थियो। जहाँ २७ जिल्लाका विभिन्न कला सांस्कृतिक प्रस्तुतिदेखि विभिन्न विषयवस्तु समेत समेटिएको थियो।

आगामी चैत्र दोस्रो साता टुँडिखेलमा आयोजना हुने महोत्सवमा दर्शकले निःशुल्क प्रवेश पाउने आयोजकले बताएको छ। विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका कलाकारको समेत सहभागिता रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.