|

रुकुम (पूर्व) : जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जबरजस्ती करणीको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मारीकाट्टेका १९ वर्षीय खड्कबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो। घर नजिकै लुकेर बसेको अवस्थामा परियारलाई बुधबार (आज) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनले गत असार १८ गते राति अन्दाजी १ बजेको समयमा घरमा एक्लै सुतिरहेको अवस्थामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेर फरार भएका थिए। पीडितले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खोजतलास जारी राखेको थियो।

उनलाई ४ महिनापछि पक्राउ गरेर घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.