|

दैलेख : जिल्लाको भैरवी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका एमबिबिएस पढ्ने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो।

गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबिएस (मेडिकल अधिकृत) अध्ययनका लागि सम्पूर्ण भर्ना शुल्क तथा अध्ययन शुल्क रकमको ९० प्रतिशत छात्रवृत्ति स्वरूप प्रदान गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

अध्यक्ष बुढाका अनुसार आर्थिक वर्ष २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नेपालभित्रका विश्वविद्यालयबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरेका गाउँपालिका क्षेत्रभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नका लागि गाउँपालिकामा मंसिर १३ गतेभित्र निवेदन दिन सक्नेछन्।

छात्रवृत्ति एमबिबिएस अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि कम्तीमा ७ वर्षसम्म भैरवी अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.