|

काठमाडौं : बेलायत र फ्रान्सको सिमा क्षेत्रमा पर्ने कालाइस नहरमा डुंगा डुब्दा त्यसमा सवार ३१ जना आप्रवासी नागरिकको मृत्यु भएको छ।

आप्रवासी ती नागरिकहरुले अवैध रुपमा बेलायत प्रवेश गर्न डुंगा प्रयोग गरेको समाचारमा जनाइएको छ । मृत्यु भएका ३१ मध्ये ५ जना महिला र २ जना बालबालिका समेत रहेको फ्रान्सका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

नहरमा डुंगा डुब्दा अन्य मानिस समेत हराएको हुनसक्ने फ्रान्सका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। सो घटनामा उद्धार गरिएका २ जना घाइतेको उपचार भइरहेको र अन्यको खोजी कार्य भइरहेको छ।

यसैबीच, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अवैध रुपमा आप्रवासी नागरिक ओसारपसार गर्ने अपराधीहरुको संजाल तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

दुर्घटनापछि टेलिफोन संवाद गर्दै म्याक्रोन र जोन्सनले सो प्रतिबद्धता जनाएका हुन्।  अन्तर्राष्ट्रिय आप्रवासी नियोगका अनुसार नहरमै डुंगा डुब्दा यति ठूलो संख्यामा अवैध आप्रवासी नागरिकको मृत्यु भएको पहिलो घटना हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.