|

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड र  इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएका छन्। रियलले लगातार २५ औ वर्ष च्याम्पियन्स लिगको नकआउटमा स्थान बनाउने क्रममा मोल्दोभन क्लब सेरिफ तिरस्पोललाई ३-० ले पराजित गर्‍यो।

समूह 'डि' मा रियलले सहज जित निकाल्ने क्रममा पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा थप १ गोल गरेको थियो। रियलका लागि ३० औ मिनेटमा डेभिड अल्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए। अग्रता दोब्बर बनाउने क्रममा पहिलो हाफको अतिरिक्त समयमा टोनि क्रुसले गोल थपेका थिए। टिमको अग्रता फराकिलो पार्ने क्रममा तेस्रो गोल करिम बेन्जामाका नाममा रह्यो। बेन्जामाले ५५औ मिनेटमा गोल गरेका थिए।

समूहको अर्को खेलमा इन्टर मिलानले शख्तर डोनेक्स माथि २-० को जित निकाल्यो। इटालियन क्लब जितसँगै नकआउट चरणमा पुग्न सफल रह्यो। उसले समूह विजेताका लागि अन्तिम चरणको खेलमा रियलसँग उसको मैदानमा प्रतिस्पर्धा गर्ने छ। इन्टरको जितमा दुबै गोल इडिन जेकोका नाममा छ। जेकोले दुबै गोल दोस्रो हाफमा गरे। उनले ६१ र ६७ औ मिनेटमा गोल गर्दै टिमको नकआउट चरण पक्का गरे।

समूहमा रियलको ५ खेलबाट १२ अंक भएको छ भने इन्टर मिलानको १० अंक छ। त्यस्तै सेरिफको ६ अंक हुँदा डोनेस्को १ अंक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.