|

काठमाडौं : लिभरपुलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत नतिजा जारी राखेको छ।

प्रभावशाली प्रदर्शन कायम राख्ने क्रममा लिभरपुलले पोर्टोलाई पराजित गर्‍यो। समुह 'बि' मा शतप्रतिशत जितको रेकर्ड कायमै राख्दै लिभरपुल शिर्ष स्थानमा रहेर नकआउटमा छनोट हुन सफल रह्यो। समूहकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने एसिमिलानसँग पराजित हुँदै समुहको अन्तिम स्थानमा पुग्यो।

लिभरपुले यसअघि नै लगातार चार जितसहित नकआउटमा स्थान बनाइसकेको थियो। उसले पोर्चुगिज क्लबमाथि जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो दाबेदारी कायम राख्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा लिभरपुलले दुई गोल गरेको थियो।

लिभरपुलका लागि स्पेनिस खेलाडी थिएगो अलकान्ट्राले ५२ औ मिनेटमा २५ यार्डबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि लिभरपुलले अग्रता लिएको थियो। दोस्रो गोल मोहमद सलाहको नाममा रह्यो। सलाहले ७० औ मिनेटमा गोल गर्दै टिमको जित निश्चित गरेका थिए।

एट्लेटीको माथि मिलानको जित

समूह बीमा नै भएको अर्को खेलमा एसिमिलानले एट्लेटिको म्याड्रिड माथि १-० को संघर्षपूर्ण जित निकाल्यो। मिलानको जितमा जुनियर मेसियसले निर्णायक गोल गरे। उनले खेल सकिन केहि मिनेट बाँकी हुँदा ८७ औ मिनेटमा गोल गरेका थिए।

जितसँगै एसिमिलानको नकआउट संभावना कायम छ। एट्लेटिकोविरुद्ध मिलानले खेल आफ्नो पकडमा राखेको थियो। समुहमा लिभरपुल ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा रहँदा पोर्टो पाँच अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै एसिमिलान र एट्लेटिको म्याड्रिडको समान ४-४ अंक छ। अघिल्लो चरणमा पुग्ने बाँकी तीन टिमकै संभावना कायम छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.