'राप्रपा असफल भए देशको एजेण्डा नै असफल हुन्छ’

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरेर लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। नेता धवल शमशेर राणाको समर्थनमा उनले अध्यक्ष उम्मेदवार घोषणा गरेका हुन्।  

उनले भने, ‘नेतृत्व परिवर्तन हुनुपर्छ। हाम्रो पार्टीको नेता कार्यकर्ताको भावनालाई कदर गर्दै उम्मेदवारी घोषणा गरेको छु। मलाई विश्वास छ मेराे जित निश्चित छ।’

सबै पार्टी कार्यकर्ताहरूको नेतृत्व परिवर्तन नै आकांक्षा भएकाले ढुक्कसँग जित्ने उनको दाबी छ। अहिलेसम्म अध्यक्षमा अध्यक्षत्रय  पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाए। 

उनले भने, ‘कांग्रेस, एमालेलाई असफल हुने सुविधा छ। कम्युनिष्टहरू आफू मात्रै असफल भएका छैनन्। मुलुकलाई नै असफल बनाएका छन्। अरु ठुला पार्टी असफल भएको बेलामा हामी सफल हुनुपर्छ। राप्रपा असफलताले देशको एजेण्डा नै असफल हुन्छ।’

राजसंस्था पुनःस्थापना, हिन्दु राज्य, संघीयता खारेजसम्मको अभियानलाई धोका हुने भएकाले पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.