|

काठमाडौं : नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्। निर्वाचित र मनोनीत गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। यसअघि कात्तिक २७ गते देशभरिबाट एक हजार १९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए।

यही मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो। यसैगरी महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । चितवनको भरतपुरमा भोलिदेखि एमालेको महाधिवेशन सुरु हुँदै छ। 

महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५-१५ जना निर्वाचित गर्नेछ। महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधि चितवन आउने क्रम जारी रहेको छ। महाधिवेशन मङ्सिर १२ गतेसम्म सञ्चालन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.