|

दैलेख : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १० मा सुरु हुने दैलेख जिल्ला अधिवेशनमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

उनले सक्षम कांग्रेस बनाउन आम कांग्रेसी कार्यकर्ताको सुझावलाई आत्मसात् गर्दै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए। भण्डारी देउवा निकट नेता हुन्। 

यसअघि भएको क्षेत्रीय अधिवेशनमा दैलेखमा देउवा पक्ष र पौडेल पक्षको बराबर वर्चस्व देखिन्छ। 

क्षेत्रीय कार्यसमितिको बुधबार भएको निर्वाचनले दैलेख क्षेत्र १ मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व देखिन्छ। 

२५ पदका लागि भएको निर्वाचनमा पौडेल पक्षले २४ पद र देउवा पक्षले १ पद मात्र हात पारेको थियो।

निर्वाचन क्षेत्र २ मा सभापतिलगायत केही पदाधिकारीमा देउवा पक्ष हावी देखिएको भए पनि महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षका १७ र देउवा पक्षका ८ जना निर्वाचित भएका छन्।

यस्तै, पौडेल समूहबाट दैलेखका पुराना नेता मणिराम रेग्मीले जिल्ला पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। उनले पार्टीमा सल्लाह भइरहेको र आफूले बिहीबारसम्म उम्मेदवारी दिने बताए। 

रेग्मीले कांग्रेसलाई गुट उपगुटभन्दा पनि एकढिक्का बनाउन आफू सभापतिको उम्मेदवार हुने र विजयी भए दैलेखमा कांग्रेसलाई एकजुट बनाउँदै अगाडि बढ्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.