काठमाडौं : बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि राम्रो प्रदर्शन गरेपछि नेपाली फिल्मको पनि धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ।
'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २', 'प्रेम गीत ३' पछि हरर फिल्म 'कठपुतली' को पनि प्रदर्शन मिति तोकिएको छ।
भीमसेन लामाको निर्देशनमा निर्मित फिल्म पुस १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ।
विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भएको 'कठपुतली' ल्होसार र अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।
सम्पदा मल्लको लेखन तथा पृथ्वी राना मगरले निर्माण गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, उषा रजक, कर्मा, शिल्पा मास्के, सुवर्ण थापालगायत कलाकारको मुख्य भूमिका छ।
हरर जनरामा बनेका नेपाली फिल्मले व्यावसायिक तवरबाट राम्रो व्यापार गर्न नसकिरहेका बेला अन्तराष्ट्रिय स्तरमै चर्चा पाएको 'कठपुतली'लाई नेपाली फिल्मका शुभचिन्तक उत्साहित देखिन्छन्।
फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम बेलायतको लण्डनमा भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।