|

चितवन : नेकपा एमालेको नेता योगेश भट्टराईले सपनामा पनि माधव नेपाललाई एमालेकै सम्झना आइरहेको बताएका छन्।

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको नारायणी किनार पुगेका नेता भट्टराईले माधव नेपाललाई पुरानो घर सम्झेर बाडुल्की लागिरहेको बताए।

थाहाखबरसँग कुरा गर्दै भट्टराईले भने, 'पुरानो घर सम्झेर उहाँलाइ बाडुल्की लागेको लाग्यै छ रे भन्ने सुनेको छु। होमसिक भएर उहाँले सपनामा पनि एमाले नै देखिरहनु भएको छ।'

भट्टराईले माधव नेपाल र झलनाथ खनालबिना पहिलोपटक महाधिवेशन गर्न लागेको भन्दै एमालेले उनीहरूलाई सम्झिरहेको बताए।

उनले एमालेमा सर्वसम्मत र निर्वाचन दुवैको अनुभव भएकोले नयाँ नेतृत्व चयन गर्न दुवै विधि अवलम्बन गरिने बताए।

उनले अबको निर्वाचनपछि एमाले पुनः बहुमतसहित सरकारमा पुग्ने दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.