|

काठमाडौं : करिब एक महिनादेखि न्यायपालिका शुद्धीकरणको माग गर्दै आन्दोलनमा होमिएका कानुन व्यवसायीको अगुवाइमा नागरिक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बालुवाटारसम्म मार्चपास गरिएको छ।

बिहीबार दिउँसो २ बजेदेखि कानुन व्यवसायीसँगै पेसागत सङ्गठनहरूले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन्।

बालुवाटार न्याय मार्च नाम दिइएको मार्चपासको नेतृत्व नेपाल बार एसोसिएसनले गरेको थियो। यद्दपि, मार्चपासमा बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघलगायत, नेपाल शिक्षक संघ, नेपाल इञ्जिनियर्स एसोसिएसनलगायत पेसागत संघ र संस्थासमेत सहभागी थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.