|

काठमाडौं :  राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबार अंग्रेजी नाटक 'स्टप किस'को मञ्चन सुरु भएको छ।

वन वर्ल्ड थिएटरको प्रस्तुति तथा लुनिभा तुलाधरको निर्देशनमा नाटक मञ्चन् भएको हो।

समलिंगी महिलाको प्रेमकथामा आधारित नाटक अमेरिकी नाटककार डायना मिया सनले लेखेकी हुन्।

'स्टप किस' पहिलो पटक सन् १९९८ मा न्युयोर्कको द पब्लिक थिएटरमा मञ्चन भएको थियो। जो बोनीको निर्देशनमा तयार भएको नाटक यति धेरै चलेको थियो कि प्रदर्शन समय तीन/तीन पटक थप्नु परेको थियो। 

महिला हिंसा उन्मूलनको अन्तरराष्ट्रिय दिवस (२५ नोभेम्बर) को अवसरमा बिहीबार मञ्चन सुरु भएको नाटक १६ वर्षमाथिका दर्शकले हेर्न मिल्ने बताइएको छ।

नाटकमा समापिका गौतम र रञ्जना भट्टराई केन्द्रीय भूमिकामा देखिएका छन्। 

नाटक १८ मंसिर (४ डिसेम्बर) सम्म दैनिक साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो १ बजे पनि मञ्चन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.