|

चितवन : नेकपा एमालेको राष्ट्रिय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपालले एमालेको पाँचौँ र दशौँ महाधिवेशनमा आकाशपातालको फरक रहेको बताएका छन्।

एमालेको पाँचौँ महाधिवेशनदेखि सहभागिता जनाउँदै आएका नेता नेपालले दशौँ महाधिवेशनसम्म आइपुग्दा एमालेको तामझाम धेरै भएको बताए। उनले त्यतिवेला अहिलेको जस्तो प्रविधिको युग नभए पनि सभ्य ढंगले पार्टी महाधिवेशन हुने गरेको भन्दै पछिल्लो समय एमाले अराजक बन्दै गएको बताएका छन्।

उनले एमालेले आफ्नो अनुशासन भुलेर अराजक बन्दै गएको बताए। भोलि हुने नेकपा एमालेको दशौँ महाधिवेशनमा भाग लिन गृहजिल्ला धादिङबाट चितवन आएका नेपालले एमालेको अहिलेका कार्यकर्ताहरू अनुशासनहीन बन्दै गएको बताए। मदन भण्डारी हुँदा अघि सरेको जबजलाई एमालेले अहिले पनि आत्मसात गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

यस्तै नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम ढुंगानाले एमाले मदन भण्डारीले अघि सारेको जबजको बाटोमा हिँड्न नसकेको बताए।

थाहाखबरसँग कुरा गर्दै उनले भने‚ ‘एमालेले जबजलाई आत्मसात गरेको भए पनि मदन भण्डारीले जसरी यसलाई अघि सारेका थिए, त्यसरी अघि बढ्न सकेन।’

​ २०३२ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ढुंगानाले एमालेले अराजकताको बाटो छोडेर अनुशासनको बाटो समात्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.