दैलेख : दैलेखमा मेला हेर्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय गमबहादुर नेपाली रहेको दैलेख प्रहरीले जनाएको छ।
भगवतीमाई–३ सान्तडामा लाग्ने मेला हेर्न गएका भीरबाट लडेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।
घटना रातिम भएकाले यसबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले थाहाखबरलाई बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।