चितवन : नेकपा एमालेको भोलिबाट हुने दशौँ महाधिवेशनले यतिवेला चितवनको नारायणी किनारमा रौनक ल्याएको छ।
महाधिवेशनस्थल नारायणी किनारमा भेला भएर एमाले नेता कार्यकर्ता नाच्दै काम गर्दै गरेका छन्।
महाधिवेशनस्थलमा आएकाहरूलाई मनोरञ्जन दिन एमालेका कार्यकर्ताहरू ‘कुटुमा कुटु’ गीतमा नाच्दै रमाइरहेका छन् भने ‘मैं पनि एमाले सईं पनि एमाले’ बोलको गीतले पनि नारायणी किनार घन्किएको छ। महाधिवेशन हुने मञ्च सिंगार्न कार्यकर्ताहरू टर्च लाइट बाल्दै काम पनि गरिरहेको देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।