पूर्वप्रधानमन्त्री ओलीको सरकारले मुलुकमा यसअघि कहिल्यै नभएको भ्रष्टाचार गरेको अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष तामाङको आरोप

|
नेकपा (माओवादी केन्द्र) माई नगरपालिका इलामको नगर सम्मेलनमा अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रन्जीत तामाङ। तस्वीर : नमिन ढकाल

इलाम : नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रन्जीत तामाङले नेकपा एमालेमाथि महाधिवेशन र मदन भण्डारीको नाममा नारायणीको किनारमा पिकनिक मनाएको आरोप लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माई नगरपालिका इलामको नगर सम्मेलन बिहीबार सम्बोधनका गर्ने क्रममा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मुलुकमा यसअघि कहिल्यै नभएको भ्रष्टाचार गरेको आरोपसमेत लगाए।

साढे ३ वर्ष जनमतको अपमान गर्दै केपी ओलीले ठट्टा गरेर बिताएको भन्दै तामाङले उनको सरकारको भ्रष्टाचार छानबिन हुनुपर्ने मागसमेत गरे।

केपी ओलीको सरकारले इतिहासमा पहिले कहिल्यै नभएको भ्रष्टाचार गरेको छ। देश लुटेको त्यही पैसाले नारायणी किनारमा पिकनिक गरेर धुलो उडाइरहेको छन्,' उनले भने, 'हामी ओली सरकारको पालामा भएको भ्रष्टाचार छानबिन गर्न माग गर्दछौँ।'

आफ्नो अधिकांश समय एमालेको आलोचनामा खर्चेका उनले एमाले अध्यक्ष ओलीमाथि गणतन्त्रको संघर्षबाट भागेको आरोप पनि लगाए।

गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्रविरुद्ध चलखेलको असफल प्रयास एमाले अध्यक्ष ओलीले गरिरहेको उनको आरोप थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.