|
जनगणनामा राउटे समुदायको तथ्यांक संकलन गरिँदै। तस्वीर : दीपक शर्मा

सल्यान :  कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय पनि यसपटकको जनगणनामा समेटिएका छन्।

विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका-३ कारागाउँमा बसेका छन्।

सुरुमा जनगणना गराउन नमानेका उनीहरू पछि भने गणनामा सहभागी हुन तयार भएका थिए।

०७८ सालको प्रारम्भिक जनगणनामा उनीहरुको सङ्ख्या १ सय ४५ पाइएको छ। ६९ पुरुष र ७६ जना महिला गरि राउटे समुदायको जनसंख्या जम्मा १ सय ४५ छ भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिए।

उनका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेका हुन्।

पछिल्लो चरणमा मृत्युु दर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरुको जन्मदर र मृत्युदर लगभग बराबर देखिएको छ।

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनभन्दा टाढा बसेका उनीहरू कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने अति लोपोन्मुख जातिमा पर्छ।

यो समुदाय २ महिनाअघि मात्र सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका-११ वालुवासँग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा-१ घाटगाउँमा बसाइँ सरेको थियो।

एक सातायता उनीहरू वडा नम्बर १ नाम्रा हुँदै अहिले वडा नम्बर ३ को  काँरागाउँमा बसाइँ सरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.