|

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि–७ मनोहरा खोलाको किनारमा पुरुषको शव फेला परेको छ।

अन्दाजी ४४/४५ वर्षको, सेतो निलो कालो चेक सर्ट, कालो ज्वारी कोट, कालो ट्राउजर लगाएको, उचाइ ५ फिट २ इन्च, कपालमा रातो रङ लगाएको, क्षेत्री ब्राह्मण जस्तो देखिने पुरुषको शव फेला परेको हो।

मृतकको पहिचान खुल्न बाँकी रहेको महानगरीय प्रहरीवृत्त थिमिले जनाएको छ। शवको पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले बताए।

शवमा कुनै चोटपटक नदेखिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको जस्तो नदेखिएको जानकारी दिँदै प्रनाउ रेग्मीले शवको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्न सक्ने बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.