|

कञ्चनपुर : २ सय ५० घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप निःशुल्क लगाइएको छ।

नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसिएशनको ३२ औं स्थापना दिवसको अवसरमा एकदिने रेबिजविरुद्धको खोप कार्यक्रमअन्तर्गत घरपालुवा कुकुरलाई खोप लगाइएको हो।

खोप कार्यक्रमका लागि नगरपालिका कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ। केही दिनअघि वडा नं ४ मा बहुलाहा कुकुरले १८ जना बढी व्यक्तिलाई टोकेर घाइते बनाएपछि रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको पशु शाखाका भेटेनरी अधिकृत रामप्रसाद भट्टले बताए।

शिविरमा स्थानीय बासिन्दाले घरघरमा पालिएका कुकुर लगेर खोप लगाएका छन्। स्थानीय बासिन्दालाई रेबिजबाट सुरक्षित पार्नका लागि खोप कार्यक्रम सञ्चालन गरी सेवा प्रदान गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए।

पशु प्राविधिकले कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यसँगै कुकुरपालकलाई अपनाउनुपर्ने सावधानीका बारेमा समेत जानकारी गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.