|
तस्बिरहरू : शिला तिम्सिना र श्रीजना नेपाल

चितवन : नेकपा (एमाले)को १०औँ महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको आज चितवनको नारायणी नदी किनारमा तयार पारिएको विशेष मञ्चमा उदघाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनको उद्घाटन र बन्दसत्र सञ्चालनका लागि सबै तयारी सकिएको सो पार्टीले जनाएको छ। महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख मानिसको उपस्थिति रहने सो पार्टीले जनाएको छ।

महाधिवेशन उदघाटन नारायणी नदी किनारमा सजिसजाउ मञ्चमा हुने छ। बिहानैदेखि देशको विभिन्न स्थानबाट  महाधिवेशनमा सहभागी आउन चितवनको नारायणी किनार आउन थालेका छन्। 

सहभागी हुन आउनेहरुको गाडी चितवन पारस बसपार्कमा नै रोक्न लगाइएको छ। पारस बसपार्कबाट नारायणी किनारसम्म हिँडेर जानेहरु लर्को लागेको छ। बिहानैबाट चितवनमा भिडभाड र जाम बढेको छ।

हेर्नुहोस् फोटो 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.