|

काठमाडौं : आठ वर्षीय समृद्ध राईले जन्म दिनको अवसरमा क्यान्सरपीडितलाई आठ हजार रूपैयाँ सहयोग गरेका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम घर भई काठमाडौंको विद्या संस्कार स्कुल (साविकको चेल्सी इन्टरनेसनल) मा कक्षा ३ मा अध्ययनरत समृद्धले काठमाडौंको चाबहिलस्थित जीपी मेमोरियल कलेजका क्याम्पस प्रमुख मोहनराज राईलाई बिहीबार आर्थिक सहयोग गरेका हुन्। प्याङ्क्रियाजको क्यान्सरपीडित ॐ अस्पताल काठमाडौंमा उपचाररत छन्।

उनले जन्म दिनको अवसरमा पहिलोपटक २०७६ मा चितवनको टाँडीमा रहेको ‘सानो घर’ नामक संस्था र दोस्रोपटक खोटाङको जाल्पामा रहेको ‘ज्योतिका साथीहरू’ नामक संस्थालाई सहयोग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.