|

पर्वत : नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। कुल १ हजार १८६ मतमा जोशीले ६०९ मत प्राप्त गरेका छन्। सभापतिका उम्मेदवार यामबहादुर मल्ल (रामकृष्ण)ले ४४९ र मिलन सुवेदीले ९६ मत प्राप्त गरेका छन्।

समितिका उपसभापतिमा डा. चूडामणि शर्मा र शिवप्रसाद सुवेदी विजयी भएका छन्। सचिवमा अशोक उचै ठकुरी र गुप्तनिधि शर्मा‚ सहसचिवमा अच्युत तिवारी र तिलकप्रसाद भुसाल विजयी भएका छन्।

सदस्यमा ओम गिरी, प्रमोद पाण्डे, कुलप्रसाद शर्मा विजयी भएका छन्। यस्तै‚ लक्ष्मीदेवी वैरागी, हेम शर्मा पौडेल, जगतशंकर पौडेल, प्रकाश आचार्य, मुकुन्द गौतम र रामचन्द्र तिवारी विजयी भएका छन्।

दलिततर्फबाट भोर्ले सार्की, मनमाया नेपाली र राजु विक, आदिवासी जनजातितर्फ लेखबहादुर थापा तथा अल्पसंख्याकतर्फ शान्ति शर्मा कुमाल विजयी भएका छन्।

जिल्ला सदस्यमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्त प्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टिकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध चयन भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.