|

चितवन : महिला अधिकार र मजदुर अधिकार सुनिश्चित गर्न नेकपा एमालेलाई दवाब दिन म्याग्दीबाट महिलाको टोली चितवन आइपुगेका छन्।

 महिला र मजदुरहरुको अधिकार सुनिश्चित गर्न माग गर्दै म्याग्दीबाट मजदुर महिलाहरुको टोली चितवनमा हुन लागेको नेकपा एमालेको दशौँ महाधिवेशन स्थल आइपुगेका हुन्। म्याग्दी अन्य जिल्लाभन्दा पछाडी परेको , महिलाहरुले आफ्नो अधिकार नपाएको र मजदुरहरुको हकहितको लागि राजनितिक दलले कदम नचलेकोले दवाब दिन आफूहरु चितवन आएको म्याग्दीको एमाले निकट मजदुर सङ्घ अध्यक्ष देवी राईले बताइन्।  उनले म्याग्दीबाट महाधिवेशनमा सहभागी हुन ४० जना आएकोमा १० जनामात्रै पुरुष र ३० जना महिला रहेको बताइन्। 

देशमा भइरहेको महिला हिंसा अन्त्य , महिला नेतृत्व सुनिश्चित गर्न र मजदुरहरुको हकहितमा एमालेको ध्यानाकर्षण गराउन महिलाहरुको सहभागिता बढाइएको उनले बताइन्।

म्याग्दीबाट आएकी बिन्दुकुमारी श्रेष्ठले महिला र मजदुरहरुलाई एमालेले सहि स्थान दिने विश्वास गरेर महाधिवेशनमा आएको बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.