|

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्।

अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

महाधिवेशन स्थलमा ओलीको स्वागतका लागि नेपालको राष्ट्रिय झण्डासहित एमालेको झण्डा बाटोको चारैतिर लगाइएको छ। एमाले महाधिवेशन आज मध्याह्न १२ बजे अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.