काठमाडौं : एमालेले महाधिवेशन उद्घाटनका लागि दिएको निम्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अश्वीकार गरेका छन्।
उनी आज चितवन नजाने र काभ्रेको तालढुंगा जाने भएका हुन्। एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ।
एमाले महाधिवेशनमा उनले पार्टीका अन्य नेतालाई पठाउन लागेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।