|

काठमाडौं : नेपालको पहिलो र्‍याप ब्याटल रियालिटी शो डाइनामाइट ब्रेकबार्ज ब्याटलको डिम्रितीले जितेकी छन्। बिहीबार राति राजधानीको फरेनहाइट क्लबमा भएको फाइनलमा स्वप्निललाई हराउँदै डिम्रिती विजेता बनेकी हुन्। 

 यसअघि डिम्रितीले पहिलो राउण्डमा फिनिक्स, दोस्रो राउण्डमा येनजेन र तेस्रो राउण्डमा कुशलाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन्। 

त्यस्तै सेमिफाइनलमा रेक्सलाई हराउँदै स्वप्निल फाइनलमा प्रवेश गरेका थिए। 

ब्रेक स्टेसनको आयोजनामा भ्युफाइन्डर्स प्रोडक्सनको उत्पादन रहेको कार्यक्रमको निर्देशन अमन प्रताम अधिकारीले गरेका हुन्। 

गएको दुई महिनादेखि जारी प्रतियोगितामा देशका विभिन्न ठाउँबाट उत्कृष्ट १६ जना र्‍यापरले भाग लिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.