|
फाइल तस्बिर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार शुक्रबारदेखि आइतबार बिहानसम्म प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ। 

केही दिनदेखि चिसो बढेसँगै काठमाडौंको उपत्यकाको आकाश धुम्मिएको छ। घाम देखिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.