|

काठमाडौं : द भ्वाइस अफ नेपाल सिजन ३ का प्रतिस्पर्धी सन्तोषकुमार बानियाको नयाँ गीत सार्वजनिक हुँदैछ।

भ्वाइसको ब्याटल राउन्डबाट बाहिरिएका सन्तोषले लोकपप विधाको 'हुन्छ हुन्छ..' बोलको गीत लिएर आउन लागेका हुन्। 

काभ्रे धुलिखेलमा जन्मिएका उनी पेसाले सशस्त्र प्रहरी हुन्। 

सन्तोषकै शब्द, स्वर तथा संगीत रहेको गीतको भिडियोको काम पनि सकिएको छ। भिडियोमा सिम्याक्स बानिया, सिर्जु पोखरेल, सन्तोष लम्साल, अनिल भट्टराई, बुद्ध पुतुवार, नरेश घलेको अभिनय छ।

मुनिकार जस्मिन र भरोसा श्रेष्ठ (जस्मिन ब्युटि पार्लर) मेकअप आर्टिस्टका रुपमा रहेका छन्। 

तारकेश्वर नगरपालिकाको सांगलामा छायांकन भएको भिडियोको छायाकार तथा निर्देशक थाहा सञ्चारकर्मी राजेन्द्र डंगोल हुन् भने सम्पादन बालकृष्ण वंशीले गरेका हुन्। त्यस्तै ड्रोन अपरेटर टार्जन लिम्बु रहेका छन्।

यही साताभित्र गीत सार्वजनिक गरिने निर्देशक डंगोलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.