|

काठमाडौं : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ।​ नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गरिसकेका छन्।

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। चितवनको चिसो र भोक लाग्‍ने बेला भएका कारण उनको सम्बोधन नसकिँदै कार्यकर्ताहरू हिँड्न तथा तितरबितर हुन थालेका छन्। आज मौसम पनि घाम नलागेर जाडो भएको छ।

महाधिवेशनमा देशभरबाट नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.