|

स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन्। शनिबार बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरेका छन्।

कुल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो। विजयी  थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा क्षेत्र नम्बर २ प्रदेश ‘ख’का सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन्। दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभएको थियो। उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक/एक जना निर्वाचित भएका छन्।

विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गरेका छन्। सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत प्राप्त गरे भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.