|

चितवन :  नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा रौतहटबाट आएका एमाले केन्द्रीय सदस्य लाल बाबु यादव बेहोस भएर ढलेका छन्। शनिबार बन्दसत्र सुरु हुनुअघि बेहोस भएर ढलेका उनको स्वास्थ सहायता कक्षमा उपचार भइरहेको छ।

एक्कासि बेहोस भएर ढलेका उनको होस नआएपछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी गरिएका बेला स्वास्थ्यमा केही सुधार आएपछि अन्यत्र नलगिने बताइएको छ।

चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा अहिले केहीबेरमा सुरु हुने बन्दसत्रका लागि नेता-कार्यकर्ता तथा प्रतिनिधिहरू आइसकेका छन्।

नेता कार्यकर्ता तथा जुलुस र खुसियालीका र्‍यालीले बाटो तथा सडक अस्तव्‍यस्त बनेको छ। यहाँ नेताहरूसमेत जाममा फस्नुपर्ने अवस्था देखिन्छ। शुक्रबार महाधिवेशन उदघाटन समारोह सपापनपछि अध्यक्ष केपी शर्मा ओलीसमेत जाममा परेका थिए।

 बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउनेगरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.