|

चितवन : नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। महाधिवेशनमा पार्टीले नेता-कार्यकर्ता तथा अतिथिहरूका लागि छुट्टाछुट्टै किसिमले विभिन्न खाना, मेस तथा बासको व्‍यवस्था गरेको छ।

नेता कार्यकर्ताहरूलाई आज बिहान र बेलुकाको खाना र भोलि बिहानको लागि मात्रै खानाको व्‍यवस्था गरिएको छ। खानामा ८ वटा मुख्य परिकारहरूको व्‍यवस्था छ। मासुका मात्रै ३ परिकारहरू (मटनकरी, फिस फ्राई र ओभर रोस्ट चिकेन) को व्‍यवस्था छ। खानामा सलाद बार, प्लेन राइस, प्लेन चपती, दाल फ्राईलगायत छ।

५०० किलो खसीको मासु ८०० किलो कुखुराको मासु र ७०० किलो माछा आज बिहानको लागि पकाइएको बताइएको छ। अहिले सहभागी प्रतिनिधिहरू तथा नेता कार्यकर्ताहरू खाना खाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.